Aamsanchar

काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप

Author Image
मङ्गलवार, साउन ३, २०७९

काठमाडौं – काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन सकिने भन्दै बुस्टर मात्रा नलगाएहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । साथै ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर