Aamsanchar

थप ४ सय ५६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्याे

Author Image
शुक्रवार, साउन ६, २०७९

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको छ।

२ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८४ जना र १ हजार ६ सय ७० जनाको एन्टीजेन परीक्षण गर्दा ७२ जनामा कोरोना देखिएको हो।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाको कारण मृत्यु भएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
33
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर