Aamsanchar

थप ३ सय ३५ जनामा काेराेना पुष्टि

Author Image
शनिवार, साउन ७, २०७९

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ३५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ९९६ जनामा गरिएको परीक्षणमा ३ सय ३५ जना संक्रमित भेटिएका हुन्। आज ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ९७१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा १ हजार ६२२ जना रहेका छन् यस्तै ललितपुरमा २ सय ८५ जना र भक्तपुरमा ८४ जना रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर २५ जना संक्रमित आइसियुमा र १ सय ३९ जना संक्रमित संस्थागत आइसियु र २ हजार ८३२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)