Aamsanchar

आजको मौसम, प्रदेश १ को एक-दुई स्थानमा भारी बर्षा हुने

Author Image
आइतवार, साउन ८, २०७९

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रदेश १ का एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर