Aamsanchar

झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

Author Image
आइतवार, साउन ८, २०७९

झापा-कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीका तीन किशोरीले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् । पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीहरुले सामूहिक आत्महत्या गरेका हुन् । यसरी आत्महत्या गर्नेहरुमा १६ र १७ वर्षका किशोरीहरु रहेका छन् । पंचम गणेशकी १६ वर्षिया छोरी करिना , पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनीहरु हिजो दिउँसोदेखि हराएका थिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् । उपाध्यक्ष भट्टराईका अनुसार एकजनाले गाई बाँध्ने दाम्लो , अर्कीले प्लाष्टिकको डोरी…

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Views: 874

प्रतिक्रिया (०)

सम्बन्धित खबर