Aamsanchar

भरतपुर अस्पतालमा आजबाट सबै सेवाग्राहीलाई निशुल्क ओपिडी सेवा

Author Image
आइतवार, साउन ८, २०७९

झापा । भरतपुर अस्पताले ओपिडी सेवा निशुल्क गर्ने भएको छ । सबै वर्गका सेवाग्रहीलाई आजबाट ओपिडी सेवा निशुल्क गरेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
स्वास्थ्य सेवा लिन आउने गरिव, सिमान्तकृत समुदायका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उदेश्यले यस्तो निर्णय गरिएको अस्पतालका प्रवक्ता डा. गोविन्द कडेलले जानकारी दिए ।
त्यस्तै अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायका सेवाग्राहीलाई आकास्मिक कक्षमा समेत टिकट शुल्क नलाग्ने र उपचार पनि निशुल्क भईरहेको प्रवक्ता कडेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर