Aamsanchar

ब्राउन सुगर सहित झापा शिवसतासीका एक युवा पक्राउ

Author Image
सोमवार, साउन ९, २०७९

झापा । झापाको शिवसतासी नगरपालिका १ धरमपुर चर्चाबारी बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् । 

हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६०० मिली ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 406

प्रतिक्रिया (०)

सम्बन्धित खबर