Aamsanchar

प्रदेश १ सरकार बाट पुरस्कृत झापाका ३ जना स्रष्टालाई क्षितिज नाट्य प्रतिष्ठानद्वारा बधाई तथा सम्मान 

Author Image
सोमवार, साउन ९, २०७९

बिर्तामोड ।  प्रदेश १ सरकार बाट कला साहित्य क्षेत्रमा सम्मानित झापाका ३ जना स्रष्टालाई क्षितिज नाट्य प्रतिष्ठानले सम्मान गरेको छ ।

भाषा, कला र साहित्यका क्षेत्रमा उत्कृष्ट योगदान पुराए बापत पुरस्कृत भएका उनीहरू लाई आज सोमबार  बिर्तामोड १ स्थित आफ्नै नाटक घरको सभाहलमा सम्मान गरिएको हो ।

झापाको नाट्य तथा कला साहित्यमा योगदान पुराउने झापा नाटक घरका संस्थापक माधव कल्पित, साहित्यकार लीला अनमोल, तथा खगेन्द्रा  खुसी लाइ दोसल्ला तथा कदर पत्रबाट सम्मानित गरिएको हो ।

नौमती बाजा व्यवस्थापन समितिकी अध्यक्ष माया सिटौलाको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल  प्रज्ञा प्रतिष्ठान  सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यता तथा साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ, लगायतको विशेष आतिथ्यता मा सम्मान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी सुनिता तामाङले जानकारी दिइन ।

सम्मानितको जीवनी सञ्चारकर्मी सुव्रत न्यौपाने तथा सुनिता तामाङले वाचन गरेको कार्यक्रममा साहित्यकार तुलसी भट्टराईले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
1
+1
0
+1
0
+1
2
+1
0
Views: 836

प्रतिक्रिया (०)

सम्बन्धित खबर