Aamsanchar

महिलामा हुने अडेनोमायोसिस् ( Adenomyosis) रोग के हो त ?

Author Image
मङ्गलवार, साउन १०, २०७९


पहिले त पाठेघरको कुरा गरौं। पाठेघरमा तीन लिएर हुन्छन्  । भित्री इन्डमेत्रियम (झिल्ली), बीचको म्योमेत्रियम र बाहिरी पेरीमेत्रियम, पाठेघरको भित्री लिएर अर्थात इन्दोमेत्रियम बीचको लाएरमा पस्ने र बढ्ने रोगलाई अडेनोमायोसिस् भनिन्छ। प्राय भिडियो एक्सरे मा Bulky Uterus  आउदा यो रोग छुट्टयाउनु पर्दछ।

अडेनोमायोसिस् हुने कारणहरू:

> धेरै बच्चा जन्माउनले
> क्युरेट गर्दा नराम्ररी गर्नाले
> इस्ट्रोजन हर्मोनको इफेक्टले

सिम्पटमहरु:

पाठेघर सुन्निने, बढेर बारह देखि चौध हप्ताको हुने, तल्लो पेट दुख्ने, ७०% महिनावारीमा बढी रगत जाने, ३०% मा महिनावारी हुँदा धेरै पेट दुख्ने, सम्भोग गर्दा पेट दुख्ने, कसैलाई पटक पटक पिसाब लाग्ने, बच्चा नहुने समस्या र अबोर्सन पनि हुन सक्छ।

 यस्तो समस्या आएमा महिला सम्बन्धी विशेषज्ञ डाक्टरको मा देखाउनु पर्ने हुन्छ। डाक्टरले क्लिनिकल चेकअप गरेर र अनुसन्धान गरेर निष्कर्षमा आउनु हुन्छ।

रोगको उपचार:

महिनावारीमा पेट दुख्ने र रगत बेसी जाने समस्याको लागि Merina  को प्रयोग गर्न सकिन्छ। धेरै समस्या भएमा सन्तान पुगिसकेको र महिनावारीमा सुक्न लागेको अवस्थामा शल्यक्रिया अपनाउनु पर्ने हुन्छ।

पाठेघर निक्लने शल्यक्रिया ओपन पेट चिरेर र ल्याप्रोस्कोपी (दुरपिन) को माध्यमबाट पनि गर्न सकिन्छ तर पाठेघर निकाल्ने शल्यक्रिया गर्नु अघि पाठेघरको बायोप्सि गर्न नभुलौं।

डा. कटवाल झापा बिर्तामोडमा कार्यरत स्त्री, प्रसूति तथा क्यान्सर रोग विषविज्ञ, ल्यापरोस्कोपिक सर्जन हुन् ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
11
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1648

प्रतिक्रिया (०)

सम्बन्धित खबर