Aamsanchar

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

Author Image
बुधवार, साउन ११, २०७९

पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् ।

भारतमा यति बेला भारी वर्षा भइरहेको छ । आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ । त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् ।

यो सिजन मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा ११० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १९७ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर