Aamsanchar

आजको मौसम, न्यून चापीय रेखा पश्चिम–उत्तरतिर

Author Image
बिहिवार, साउन १२, २०७९

बिहीवार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।

बिहीवार रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ । दिउँसो तथा रातिसम्म पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर