Aamsanchar

खिरबारे यी कुरा तपाईंलाई थाहा छ ?

Author Image
शनिवार, साउन १४, २०७९

काठमाडौं – भोलि साउन १५ गते । अर्थात्, खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ ।

हाल खिर विश्वका अधिकांश मुलुकहरूमा विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, बंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाइन्छ ।  खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । युरोप र अमेरिकामा समेत खिरलाई एक विशिष्ट खानाका रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

नेपालमा यसको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ । विशेषगरी नेपालमा धान रोपाइँ कार्य असारसम्ममा सम्पन्न गरिन्छ । खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउनमा खिर खाने गरेको पाइन्छ ।

साधारणतया १०० ग्राम खिरबाट ९२ क्यालोरी शक्ति प्रदान हुने बोर्डले उल्लेख गरेको छ । एक स्वस्थ व्यक्तिलाई प्रतिदिन २,१०८ क्यालोरी शक्ति आवश्यक पर्छ ।

बोर्डका अनुसार खिर एक स्वस्थ्यकर पौष्टिक खाद्यपदार्थ हो । यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्वहरू प्राप्त हुने गर्छ । साउन १५ मा खिर खाने प्रचलनबीच ०७७ साल फागुन १५ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले यस दिनलाई खिर दिवसका रूपमा मनाउन निर्णय गरेको थियो ।

दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एकतिहाइ (३१.६९ प्रतिशत) रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर