Aamsanchar

सुरुंगामा चार दिने ‘टट’ ट्रेनिङ सुरु, प्रमुख अतिथि पोखरेलद्वारा जेसीज अभियन्ताको कार्यशैली प्रति चिन्ता व्यक्त

Author Image
बुधवार, साउन १८, २०७९

डिजिटल पद्धतिबाट कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेल । 

कनकाई । विगतको तुलनामा हाल जेसीज अभियन्ता हरुमा अनुशासन र प्रभावकारी कार्यशैलीमा विचलन  आएको, जेसीज को आस्थामा उल्लेख भएका विधी हरुको पालना जेसीजहरु बाट हुन छोडेको भन्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले चिन्ता व्यक्त गरेका छन् । आफू पनि पहिले जेसीज मा आवद्ध रहेकोले जेसीज को धेरै माया लाग्ने गरेको र यसरी जेसीज को ओझ घट्दै गएकोमा आफूलाई चिन्ता लागेको आज सुरुंगा मा सुरु भएको चार दिने ‘टट’ ट्रेनिङ उद्घाटनको क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल जेसीज को आयोजना र सुरुंगा जेसीज को संयोजनमा आयोजित  चार दिने  ‘टट’ ट्रेनिङ आजबाट सुरु भई २१ गते समापन हुने छ ।

सुरुंगा जेसीज का तालिम संयोजक रिसव सिंह चाहार को संयोजकत्वमा आयोजित कार्यक्रमको अध्यक्षता सुरुंगा जेसीज की अध्यक्ष सुस्मा न्यौपानेले गरेकी थिइन्
तालिम उद्घाटन समारोहमा सुरुंगा जेसीज का कार्यकारी उपाध्यक्ष दिपेन्द्र प्रधानले स्वागत गरेका थिए ।

ट्रेनिङ अफ ट्रेनर (टट) ट्रेनिङ उद्घाटन सत्रमा ट्रेनिङ तयारी संयोजक तथा सुरुंगा जेसीज का पूर्व अध्यक्ष एलपी उप्रेती, नेपाल जेसीज का तालिम आयुक्त मोहन ढुंगाना, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईँ, नेपाल जेसीज का उपाध्यक्ष कुमारसिंह सावा, नेपाल जेसीज महासचिव कृष्ण सापकोटा, कार्यकारी उपाध्यक्ष हरु अनिलबहादुर साही, दिपेन्द्र निरौलाले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा नेपाल जेसीज क्षेत्र (क) मा आवद्ध जेसीज शाखाहरूबाटजेसीज बाहिरका गरेर ४५ जनाले सहभागी जनाएको अध्यक्ष न्यौपानेले बताइन् ।

सन् २००८ मा स्थापना भएको सुरुंगा जेसीज ले यस अघी सन् २०१३ मा पनि राष्ट्रिय स्तरको टट ट्रेनिङ सम्पन्न गरेको थियो । त्यस पछि सन् २०१८ मा क्षेत्र (क) सम्मेलन गरेर नेपाल जेसीजमा आफ्नो छवीलाई स्थापित गराएको थियो ।

तालिममा तिर्थ पौडेल, सेवक बजगाईँ र विमल श्रेष्ठले सहजीकरण गर्ने छन् । कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीज का महासचिव राजु पाठकले गरेका थिए ।

टट मोडेलको उद्देश्य मास्टर प्रशिक्षकहरूलाई संलग्न गराउने हो । नयाँ प्रशिक्षकहरूलाई कोचिङमा जुन विशेष विषयमा कम अनुभवी  कौशल वा समग्र प्रशिक्षण सँग टट कार्यशालाले सक्षमहरूको पोखरी निर्माण गर्न सक्छ । त्यसपछि अन्य मानिसहरूलाई सामग्री सिकाउन सक्ने प्रशिक्षकहरू तयार पार्छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)