Aamsanchar

साउनका २० दिनमा काेराेनाबाट मृत्यु भएकामध्ये ७६ प्रतिशतले खाेप नलगाएकाे पाइयाे

Author Image
शुक्रवार, साउन २०, २०७९

काठमाडौं – कोभिड–१९ संक्रमणका कारण साउनका २० दिनमा मृत्यु भएकामध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । साउन १९ गतेसम्म मृत्यु भएका १७ जनामध्ये १३ जनाले कुनै पनि डोज खोप नलगाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. खगेश्वर गेलालका अनुसार तीनजनाको मृत्यु हुँदा दुईजनाले दोस्रो डोज खोप लिएको तर बुस्टर डोजको बारेमा थाहै नपाएको बताएका थिए । यो अवधिमा मृत्यु भएका १७ मध्ये १२ जनामा एक र एकभन्दा बढी दीर्घरोग भएको पनि महाशाखाको तथ्यांक छ ।

पछिल्लो दुई महिनायता संक्रमण निरन्तर उकालो लागिरहँदा सरकारले बुस्टर डोज खोप लिन पटकपटक आग्रह गरिरहेको छ । सरकारले देशैभरका वडा वडास्तरका स्वास्थ्य संस्थाबाट बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 289

प्रतिक्रिया (०)