Aamsanchar

  एक्सपोर्ट एजुकेसनले १९ औं स्थापना दिवस परोपकारी काम गरेर मनायो 

Author Image
सोमवार, साउन २३, २०७९


काठमाडौं ।  एक्सपोर्ट  एजुकेसन एण्ड भिजा सर्भिसले आफ्नो स्थापनाको १९ औं बर्ष पुरा भएको अवसरमा सबै शाखाहरुले सामाजिक र परोपकारी काम गरेर स्थापना दिवस मनाएका छन् । एक्सपर्टले यसै बर्षबाट ‘एक्सपर्ट डे’ मनाउन सुरु गरेको हो ।

सन् २००३ आजकै मितिमा स्थापना भएको एक्सपर्ट को नेपालमा रहेको १५ वटा र विभिन्न देशहरूमा गरेर ५० वटा शाखाले आज ‘एक्सपोर्ट डे’ मनाएको एक्सपोर्टका नेपालका लागि कार्यकारी प्रमुख खेम सङ्ग्रौलाले आमसंचारलाई बताए । 

नेपालमा अब्बल शैक्षिक परामर्श दाता संस्थाको रुपमा स्थापित एक्सपर्ट को पुतली सडकमा रहेको  शाखा र एक्सपोर्ट फाउण्डेसनले भने एक जना रक्तक्यान्सरबाट पीडित १७ बर्से किशोर सुशान्त सहीलाई आर्थिक सहयोग गरेको छ ।
एक्सपोर्ट फाउण्डेसनको तर्फबाट ३० हजार र पुतली सडक शाखामा कार्यरत कर्मचारीहरूको तर्फबाट  ३७ हजार ५११ गरि जम्मा ६७ हजार ५११ रुपैयाँ पीडितकी आमा पार्वती साहीलाई कार्यलयमै उक्त रकम प्रदान गरिएको कार्यकारी प्रमुख खेम सङ्ग्रौलाले बताए ।

एक्सपोर्ट व्यवसायिक हिसाबले मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै देश समाजलाई सहयोग गर्दै आएको संस्था हो । एक्सपोर्ट २०७२ सालको भूकम्प बाट देश नै पीडित बनेको बेला फाउण्डेसन स्थापना गरेर गोरखाका नागरिकको घर बनाउन १० हजार डलर समुदायको लागि निशुल्क लगानी गरेर सुरु भएको फाउण्डेसन मार्फत सिन्धुपाल्चोकमा रहेको सेलाङ मावि पुनः निर्माणार्थ १० लाख, दुईवर्ष अघि कोभिडको महामारी भएको बेला अष्ट्रेलियामा रहेका ७ सय नेपाली विद्यार्थीहरूलाई ३ लाख अस्ट्रेलियन डलर बराबर रकमको राहत स्वरुप खाद्यान्न सहयोग भएको थियो । त्यसैगरी कोभिड कै बेला देशका १५ वटै शाखा मार्फत एआरएनए सँगको सहकार्यमा ५० थान अक्सिजन कन्सन्ट्रेट मेसिन वितरण गरिएको सङ्ग्रौलाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर