Aamsanchar

विराटनगर महानगरका प्रमुख कोइरालाले भने : प्रदेश राजधानीका लागि जग्गा मागे हामी दिन्छौँ

Author Image
मङ्गलवार, साउन २४, २०७९

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन्।

प्रदेशको राजधानीका लागि धेरै संरचना यहाँ रहेको भन्दै उनले आवश्यक परे जग्गालगायत उपलब्ध गराउने बताए।  ‘अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन औपचारिक एउटा पनि पत्र आएको छैन’, उनले भने, ‘महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौँ।’

राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनले बताए। एउटै कम्पाण्डभित्र संसद्सहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ।

राजधानीका संरचना छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने भन्दै प्रमुख कोइरालाले राजधानी भनेको अंशवण्डा गरेजस्तो नभएको बताए। उनले धेरैतिर संरचना छरिँदा मन्त्रालयबीच समन्वयको अभाव हुने, प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुने तर्क गरे।

‘इन्धन खर्च बढ्छ’, उनले भने, ‘एउटा कोणबाट मात्रै हेरेर भएन सबै कोणबाट हेर्नुपर्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर