Aamsanchar

इलाम अस्पतालबाट डा. केसीले सुरु गरे हाडजोर्नीको सेवा

Author Image
मङ्गलवार, साउन २४, २०७९

इलाम – डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमवारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो ।

उहाँले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताउनुभयो ।

यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आउनुभएको हो । झन्डै २७ वर्ष शिक्षण अस्पतालमा काम गर्नुभएका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर