Aamsanchar

एकैदिन एक हजार ९० जनामा कोरोना सङ्क्रमण, दुई जनाकाे मृत्युु

Author Image
मङ्गलवार, साउन २४, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नाै सय ७४ जनाको ज्यान गएको छ ।

थप एक लाख ७१ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर