Aamsanchar

नगरपालिकाकै कारण बिर्तामोडको फोहोर नउठेको हो : निराकार सरसफाइ सेवा 

Author Image
बुधवार, साउन २५, २०७९

बिर्तामोड ।  गत साउन १ गते देखि बिर्तामोडको फोहोर व्यवस्थापन हुन सकेको छैन । गर्मी र पानीको कारण फोहोर दुर्गन्धित बनेर वातावरणमै नराम्रो असर पर्न थालेको छ । लामो समय सम्म फोहोर नउठ्दा बिर्तामोड जता त्यतै दुर्गन्धित बन्न पुगेको छ ।

बिर्तामोड प्रदुषित बनेपछि स्थानीय र सामाजिक संघ संस्थाहरूले यथाशिघ्र फोहोर उठाउन बिर्तामोड नगरपालिका र नगरपालिका बाट तिन वर्षको लागि बिर्तामोडको फोहोर संकलन गर्ने  जिम्मा लिएको निराकार सरसफाइ सेवा प्रालिको नागरिकस्तरबाट चर्को आलोचना हुन थाले पछि फोहोर नउठ्नुको कारण जनाउदै आज निराकार सरसफाइ सेवा प्रा।लि ले पत्रकार भेटघाट कार्यक्रम गरेर प्रेस विज्ञप्ति जारी गरेको छ ।

निराकारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘ झापा जिल्लाको बिर्तामोड नगरपालिका क्षेत्र भित्रको फोहोर मैला सङ्कलनको लागि १ वर्ष अगाडि निराकार सरसफाइ प्रा।लि।ले नगरपालिकाले गरेको टेन्डर प्रक्रियामा प्रतिष्पर्धा गरि फोहोरमैला संकलन गर्ने कामको जिम्मा पाएको थियो ।  नगरपालिकासँग भएको सम्झौता अनुसार कम्पनीले फोहोर मैला संकलन गर्ने हो भने, बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापनको लागि डम्पिङ साइडको व्यवस्था गर्ने हो । नगरपालिका क्षेत्र भित्रको कम्पनीले फोहोर संकलन गरे पनि फोहोर व्यवस्थापनको लागि नगरपालिकाले डम्पिङ साइडको उचित व्यवस्था गर्न नसक्दा काममा सुरुवाती चरणबाट नै समस्या आइरहेको छ ।’

‘मिति २०७९ साल साउन १ गतेदेखि डम्पिङ साइडको अभावको कारण कम्पनीले फोहोर संकलन गर्न सकेको छैन् । हाल डम्पिङ साइडमा समस्या आएपछि गाडीमा लोड भएको फोहोर पनि गाडीमै रहेकोले कम्पनीलाई आर्थिक भार समेत परेको छ ।’
नगरपालिकाले डम्पिङ साइडको उचित व्यवस्थापन गरेपछि जुनसुकै समयमा पनि फोहोर सङ्कलनको कामलाई निरन्तरता दिने निराकार सरसफाइ सेवा प्रालिको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस अघि कार्तिक असार सम्म नगरपालिकाले अल्पकालिक व्यवस्थापन गरेको डम्पिङ साइड विरिङमा फोहोर लान बन्द भएपछि बिर्तामोडको फोहोर उठ्न नसकेको हो ।

बिर्तामोडमा ६ हजार ५ सय निराकारका सदस्य रहेका छन् । नगरपालिकाले निर्धारण गरे अनुसार रु एक सय देखि  चारसय रुपैयाँ सम्म नागरिकले शुल्क निराकारलाई बुझाउदै आएका छन् । त्यसमा धेरैले शुल्क नै नदिने गरेको निराकारका सुपरभाइजर अग्नीकुमार भट्टराईले बताए ।

निराकारले नगरपालिकाको ६ वटा ट्रयाक्टर र एक वटा जेसीभी प्रयोग गरे वापत नगरपालिकालाई भाडा तिर्दै आएको छ । बिर्तामोडमा देनिक १५ ट्रयाक्टर फोहोर संकलन हुने गरेको थियो । फोहोर संकलन र कार्यालय सञ्चालनमा निराकारले ३३ जनालाई रोजगारी दिएको कर्मचारी लीला बास्तोलाले बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)