Aamsanchar

शुद्ध पानीका लागि फूलबारी स्कुलमा रोटरी क्लब बिर्तामोडको निस्वार्थ लगानी

Author Image
बिहिवार, साउन २६, २०७९

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडले झापा बाह्रदशी गाउँपालिका –५ मा रहेको फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध खानेपानी बनाउने वाटर फिल्टर जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लबले आज एक कार्यक्रमका बीच विद्यालयलाई उक्त वाटर फिल्टर र त्यसका लागि चाइने दुई थान ट्याङकी, धारा सहित जडान गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रमका अध्यक्ष तथा क्लबका अध्यक्ष ओमकृष्ण विमली र प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर राजवंशीले विद्यालयका प्रधानाध्यापक डुकेश्वर साहलाई उक्त फिल्टर हस्तान्तरण गरेका हुन् ।
विगत १० वर्ष अघि स्थापना भएको रोटरीले विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको छ ।

रोटरीको पाँच कार्यक्षेत्र  TEACH ‘टिच’ (TEACHER SUPPORT, E-LEARNING, ADULT LITERACY, CHILD DEVELOPMENT, HAPPY SCHOOL) अन्तरगत पर्ने ह्याप्पी स्कुल प्रोजेक्टबाट रोटरीले विद्यालयमा पानी फिल्टर उपलब्ध गराएको कार्यक्रम संयोजक सुरेश वंशल ले बताए ।

फिल्टर जडान साझेदारी कार्यक्रममा जडान गरिएको हो । जम्मा १ लाख ९२ हजार लागतको फिल्टरको लागि एक्सेल डेभलपमेन्ट बैंकको ५० हजार, विद्यालयको ४० हजार र बाँकी १ लाख २ हजार रोटरियनहरु बाट संकलन गरिएको क्लबका अध्यक्ष ओमकृष्ण विमलीले जानकारी दिए ।

रोटरीले यस अघि झापाका तीनवटा सामुदायिक विद्यालयहरूमा वाटर फिल्टर जडान गरेर हस्तान्तरण गरिसकेको अध्यक्ष विमलीले बताए ।

फिल्टर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वीरबहादुर राजवंशी, विशिष्ट अतिथि रोटरी डिस्ट्रिक्ट असिस्टेन्स गर्भनर राधिका गुरुङ, एक्सल बैंकका एजिएम अशोक क्षेत्री, विद्यालयका प्रधानाध्यापक डुकेश्वर प्रसाद साह लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत नवीन गट्टानी, औचित्यमाथि प्रकाश सुरेश वंशल, सञ्चालन रोट्याक्टका सचिव प्रज्ज्वल विमलीले गरेका थिए ।

फिल्टर हस्तान्तरण कार्यक्रममा २५ जना रोटरियन र रोट्रयाक्टर हरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर