Aamsanchar

थप सात सय ८१ जनामा कोरोना पुष्टि, २ जनाकाे ज्यान गयाे

Author Image
शुक्रवार, साउन २७, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण गर्दा सात सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ७५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर