Aamsanchar

‘राजवंशी समाज विकास समितिको दुबिधा अन्त्य’ विशेष अधिवेशनबाट अध्यक्षमा अभय सहित २१ जना निर्वाचित 

Author Image
आइतवार, साउन २९, २०७९

 

बिर्तामोड ।  राजवंशी समाज विकास समितिले वैधानिक रुपमा केन्द्रिय अधिवेशन सम्पन्न गरेको छ ।
हिजो (शनिबार) बिर्तामोडमा आयोजित विशेष अधिवेशन गर्दै राजवंशी समाज विकास समितिले वैधानिकता प्राप्त गरेको हो ।
यस अघि मोरङमा कुनै एक घरमा सिमित व्यक्तिहरूले मनोमानी तरिकाले केन्द्रिय अधिवेशन गरेको प्रति असन्तुष्ट बनेका प्रतिनिधित्वले सार्वजनिक रुपमा हिजो विधान बमोजिम विशेष अधिवेशन गरेर केन्द्रिय समितिलाई कानुनी मान्यता प्रदान गरिएको अधिवेशनमा सहभागी प्रतिनिधिहरूको भनाई रहेको छ ।

विशेष अधिवेशनबाट अध्यक्षमा अभय (वरुण) राजवंशी निर्वाचित भएका छन् । समाजले आज पत्रकार भेटघाट कार्यक्रम मार्फत अध्यक्ष सहित निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समिति संयोजक राजकुमार राजवंशीले सफथ ग्रहण तथा प्रमाण पत्र वितरण गरेका छन् ।

सफथ ग्रहण पश्चात अध्यक्ष अभय राजवंशीले पत्रकारहरू सँग भने ‘विधि र प्रक्रिया मिचेर बनेको पुरानो केन्द्रिय समिति हिजो सम्पन्न विशेष अधिवेशनबाट स्वत विगठन भएको छ ।’ कुनै पनि व्यक्तिले राजवंशी समाज विकास समितिको लेटर प्याड प्रयोग नगर्न र भएका कागजातहरू वैधानिक समितिलाई बुझाउन आग्रह समेत गरेका छन् ।
‘केही व्यक्तिहरूको निजी स्वार्थमा समाज भित्र विभिन्न भ्रमहरू फैलाएर समुदायमा विभाजन ल्याउने काम भएको छ । त्यस्ता भ्रमहरूलाई यस विशेष अधिवेशनले चिरिदिएको छ ।’ सबै राजवंशी समुदायलाई अब एक ढिक्का भएर आफ्नो भाषा, संस्कृति संरक्षण, अवसर र अधिकार प्राप्त गर्नको लागि सबैजना मिलेर अघि वढ्नु पर्ने र आफ्नो अधिकतम समय समुदायको लागि खर्चिने र सबै जनाले साथ दिन अध्यक्ष अभय राजवंशीले आग्रह गरेका छन् ।

हिजो सम्पन्न अधिवेशनमा  झापा, मोरङ, सुनसरी र काठमाडौंबाट ४ सय भन्दा धेरै प्रतिनिधिहरू  सहभागी बनेको बताईएको छ ।
राजवंशी समाज विकास समितिको विशेष केन्द्रीय अधिवेशनबाट अध्यक्षमा अभय (वरुण) राजवंशी सहित २१ जनाको समिति बनेको छ ।  जस मध्ये झापाबाट १० जना, मोरङबाट ११ जना र थप सुनसरी,  काठमाडौंबाट ४ जना मनोनित हुने छन् ।

नव निर्वाचित अध्यक्ष अभय राजवंशी झापा कनकाई स्थित घैलाडुब्बाका स्थायी बासिन्दा हुन् । उनी शैक्षिक, तथा सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएका छन् । उनी हाल कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष पनि हुन् ।

त्यस्तै, समितिको उपाध्यक्षहरूमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौतली राजवंशी र लक्ष्मीकुमारी राजवंशी चयन भएका छन् । समितिको महासचिवमा राजकुमार राजवंशी र कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन् ।
त्यस्तै, सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी चयन भएका छन् । समितिको सदस्यहरूमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी चयन भएका छन् ।

२०५० सालमा स्थापना भएको विकास समिति झापा, मोरङ र सुनसरी जिल्लामा मुख्य बसोबास गर्ने राजवंशीहरूको साझा जातीय संस्था हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर