Aamsanchar

थप ८ सय ८८ जनामा कोरोना पुष्टि, ४ सय ७४ जना संक्रमणमुक्त

Author Image
सोमवार, साउन ३०, २०७९

काठमाडौं : सोमबार देशभर ८ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ७३७ जनामा गरिएको परीक्षणमा ८ सय ८८ जना संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ७४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ३८७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा र ६४ जना आइसियूमा उपचाररत रहेका छन् भने १ सय ९९ जना संस्थागत आइसोलेशनमा र ५ हजार १८८ जना होम आइसोलेशनमा रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर