Aamsanchar

टपरटुइयाँ को हुटहुटी (कविता)

Author Image
सोमवार, साउन ३०, २०७९

न विवेक छ न विचार
न शिक्षा छ न त दिक्षा
क्षितिजमा स्यालको हुँईयासँगै
गर्जिएका छन्
यहाँका टपरटुइँयाहरू ।

चोक, देउराली
शहर र गाउँहरू
भरिभराउ छन्
टपरटुइयाँ का झुण्डहरूले ।

खुट्टा तान्न छटपटिएका
कुरा काट्न पल्किएका
साँझका झ्याउँकीरी हरूमा
भरिएका हुटहुटी
देखिदैछन् यत्रतत्र सर्वत्र ।

आङको भैँसी नदेख्नेहरू
जुम्राको खोजीमा
भौँतारिएका छन्
गल्ली गल्लीमा ।

बूढी आमाको
दुई मुखे थैलोमा
आँखा गाड्ने हरु
चाउरिएका बाको
सन्दुक पत्याउनेहरू
महात्माको सन्देश
छर्दैछन् ।

लाज पचेका
टपरटुइँयाहरू ।
षड्यन्त्र रचेका
टपरटुइँयाहरू ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर