Aamsanchar

देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिए, ५ सय २६ जना संक्रमणमुक्त

Author Image
मङ्गलवार, साउन ३१, २०७९

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८ सय ४८ जना संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय २६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्। १९७ जना संस्थागत आइसोलेशनमा र ५ हजार ६२ जना संक्रमित होम आइसोलेशनमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर