Aamsanchar

मानवले मानवकै मर्म नबुझेपछि निन्दा सिरानमा सूचना टाँस

Author Image
बिहिवार, भदौ २, २०७९

बिर्तामोड ।  झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्रमा रहेको निन्दा खोला सिरानमा जानेहरूले नियमहरू पालन गर्नु पर्ने भएको छ ।

सो क्षेत्र आसपासका मेचीनगर १, २ र ४ नं। वडाका हजारौं स्थानीयको पिउने पानीको एक मात्र श्रोत हो निन्दा सिरान ।  निन्दा सिरानमा झापा इलामका विभिन्न क्षेत्रबाट  नुहाउन, रमाइलोको लागि मानिसहरू पुग्न थाले सँगै पानीको मुहान प्रदुषित बनेको भन्दै सो क्षेत्रमा बाहुनडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सूचना राखेको हो ।

खोलाको किनार ठाउँ ठाउँमा सूचना ब्यानर राखिएको छ ।  ब्यानरमा भनिएको छ । आदरणीय आगन्तुक महानुभावहरू तपाईँहरूको यस क्षेत्रमा आगमन स्वागत योग्य छ । आउनुहोस् अवलोकन गर्नुहोस् फोटो सेसन गर्नुहोस्, आनन्द लिनुहोस् तर हजारौं परिवारले पिउने पानीको मुहान हो यस क्षेत्रमा फोहोर मैला गरि पानी दुषित बनाइएमा हाम्रै दाजुभाइ दिदीबहिनीहरू र हामी आफै पनि पानीको कारण संक्रमित हुनेछौं , हाम्रो कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नु मानवीय अपराध हुन्छ तसर्थ हाम्रो यस क्षेत्र र यस भन्दा माथि स्वच्छ र निर्मल पानी बग्ने वातावरण बनाइदिनुहुन विनम्र पूर्वक अनुरोध गर्दछौँ ।

निन्दा सिरानमा जथाभावी पानीको मुहान भन्दा माथि नुहाई दिने, कपडा धुने, उब्रेको खानेकुरा फ्याकी दिने, बियर अन्य पीए पदार्थको बोटलहरू फालिदिने जस्ता नकारात्मक क्रियाकलाप भएको भन्दै स्थानीय खानेपानी उपभोक्ता समितिले सूचना टाँस्न बाध्य भएको एक स्थानीयले बताए । उनले भने ‘यस क्षेत्रमा कसैले पनि आएर फोहोर गरेमा स्थानीयताले अब दोषीलाई कानुनी कठघरामा पुर्याउने छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर