Aamsanchar

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा युवक पक्राउ

Author Image
शुक्रवार, भदौ ३, २०७९

मकवानपुर-आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्की छन् ।२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 509

प्रतिक्रिया (०)

सम्बन्धित खबर