Aamsanchar

थप दुई सय ९९ जनामा कोरोना पुष्टि, चार हजार ६ सय २५ जना सक्रिय संक्रमित

Author Image
शनिवार, भदौ ४, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । पाँच सय ७७ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ६ सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ७० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा हैजाको संक्रमण पुष्टि हुनेको संख्या ६१ जना पुगेको छ । हैजाको परीक्षण, नियन्त्रण र उपचारका लागि काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर