Aamsanchar

प्रदेश १ मा क्रस बोडर टुरिजम इन इष्ट नेपाल कार्यक्रम सुरु

Author Image
शनिवार, भदौ ४, २०७९


बिर्तामोड । क्रस बोडर टुरिजम इन इष्ट नेपाल कार्यक्रम अन्तरगत  नेपालको प्रदेश १ र भारतको पश्चिम वंगालको पर्यटन गन्तव्यहरूको एकै साथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल ट्राभल्स व्यवसायी संघ (नाटा) प्रदेश १ र भारत पश्चिम बंगाल सिलिगुडी स्थित इष्टन हिमालय ट्राभल्स एण्ड टुर एसोसिएसन बीच सम्झौता (एमओयु) भएको छ ।

आज झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमका बीच दुबै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरेर आदन प्रदान गरिएको थियो ।  नाटाको तर्फबाट अध्यक्ष उदय श्रेष्ठ, महासचिव नवीन खरेल र इष्टन हिमालयको तर्फबाट वरिष्ठ उपाध्यक्ष विवेक सुब्बा र महासचिव सन्दीपन घोषले हस्ताक्षर गरेका थिए ।

नेपाल टुरिजम बोर्डको सहयोग, नेपाल ट्राभल्स व्यवसायी संघ (नाटा) प्रदेश १ को आयोजनामा भएको सम्झौता कार्यक्रममा नाटा प्रदेश १ मा आवद्ध ३५ र इष्टन हिमालय ट्राभल्स एण्ड टुर एसोसिएसन सिलिगुडीबाट ७६ जना ट्राभल्स तथा पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश १ का र पश्चिम वंगालका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी आदानप्रदान गरिएको थियो । नाटाको तर्फ पर्यटन क्षेत्रको बारेमा पत्रकार विराट अनुपम र इष्टन हिमालयको तर्फबाट सन्दीपन घोषले प्रस्तुति गरेका थिए ।

कार्यक्रमका अध्यक्ष उदय श्रेष्ठले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टिकाराज ढकालले गरेका थिए ।

निकै भव्य र व्यवस्थित रुपमा आयोजना गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका मेनेजर सूर्य थपलिया, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ पर्यटन समितिका संयोजक भवेश श्रेष्ठ लगायतले पर्यटन क्षेत्रको चुनौती र सम्भावनाको बारेमा आफ्ना धारणा राखेका थिए ।

नाटाका वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन नाटाका महासचिव नवीन खरेलले गरेका थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)

सम्बन्धित खबर