Aamsanchar

तस्वीरमा हेर्नुहोस् गरामनीको दधिकादो खेल

Author Image
शनिवार, भदौ ४, २०७९

तराईका आदिवासी विशेषगरी राजवंशी समुदायहरुले खेल्ने दधीकादो खेल आज झापा लगाएका जिल्लाका विभिन्न टोलटोलमा आयोजना भए । श्रीकृष्णको जन्म भएको खुशियालीमा खेलिने यस खेल माटो र मानिस विचको सम्बन्धलाई पनि झल्काउदछ । लिसाईलो माटोमा दही र पानी मिसाएर हिलो बनाएर यो खेल खेलिने गरेको छ । खेल दुई समूह बिच खेलिने गरिन्छ । नरिवलको दनालाई एक ठाउँबाट अर्को ठाउँ सम्म पुर्याउनु पर्ने हुन्छ । हिलो बनाईएको ठाउँमा एक समूहले नरिवललाई पुजा थान स्थल सम्म लान नदिन संर्घष गर्ने गर्छ भने अर्को समुहले विपक्षी खेलाडीहरुलाई छल्दै थानमा नरिवल पुर्याएमा उक्त समूह विजयी बन्छ । आज झापाको गरामनीमा पनि यो खेल खेलाईएको थियो । स्क्रोल गर्नुहोस् फोटो देखिने छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)

सम्बन्धित खबर