Aamsanchar

देशभर थप ६ सय ५८ जनामा कोरोना सङ्क्रमण, ४ सय ५६ संक्रमणमुक्त

Author Image
सोमवार, भदौ ६, २०७९

काठमाडौं –देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ३ सय ८१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर