Aamsanchar

तातोपानी पिउनुका फाइदाहरु

Author Image
मङ्गलवार, भदौ ७, २०७९

पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । मनतातो पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताइएको छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाईदा जनक मानिन्छ । यसले हाम्रो शरीरलाई औषधीको समेत काम गर्छ । पानीलाई थोरै तातो प्रयोग गर्नाले कब्जियतको समस्यालाई समेत दूर गर्न मद्दत गर्छ । यदि तपाईं मोटोपनको शिकार हुनुहुन्छ भने पनि तातोपानीले छुटकारा दिनको लागि निकै सहयोग गर्नेछ ।

तातोपानीको फाइदाहरु

१, सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ र तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

२, तातोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

३, सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

४, यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

५, यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६, तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७, मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८, चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९, मनतातो पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

१०,  स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चसो पानी पिउनु फाइदा जनक हुँदैन ।
त्यसैले तातोपानी निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा चिसो पानी पिउनु हुँदैन । मन तातो पानी पिउनुहोस् भविष्यमा हुने रोगबाट बाँच्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 433

प्रतिक्रिया (०)

सम्बन्धित खबर