Aamsanchar

काठमाडौं मल निर्माण अवैध: महानगरपालिका

Author Image
आइतवार, भदौ १२, २०७९

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर