Aamsanchar

चारपानेमा सयौँ महिलाले एकै ठाउँमा हर्षउल्लासका साथ मनाए तिज

Author Image
मङ्गलवार, भदौ १४, २०७९

बिर्तामोड ।  नेपाली नारीहरूको महान चार्ड हरितालिका तिजको दिन आज झापाको बिर्तामोड –२ चारपानेमा वृहत तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

कृति महिला समूह चारपानेको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

तिज पर्वलाई उमंगित बनाउन र पुरानो परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष कुमारी सञ्जेल राजवंशीले बताइन् ।

तिज नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगिताका लागि १० वटा महिला सम्वद्ध संस्थाहरूको तर्फबाट सहभागिता रहेको थियो । प्रतियोगितामा सङ्गिनी नृत्य प्रस्तुत गरेको बिर्तामोड –२ नयाँ नगरको राधाकृष्ण कीर्तन मण्डली प्रथम बनेको थियो ।

नृत्य प्रतियोगितामा निर्णायकको भूमिकामा भरत भट्टराई, लिला खत्री र शान्ता पौडेलले रहेका थिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला को प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा बिर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेल, सङ्घसंस्थाहरूको तर्फबाट विवेकशील महिला कृषि सहकारी संस्थाकी अध्यक्ष पार्वता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथिलाई मायाको चिनो दिदै आयोजक संस्थाकी अध्यक्ष ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले भने तिज जस्तो सभ्य र मौलिक पर्वलाई केहीले  अपवित्र र उत्शृङ्खल बनाउनाले तिज पर्वको मर्म माथिनै नकारात्मक टिपप्णी भइरहेको छ । चारपानेमा आयोजना भएको यस कार्यक्रमले तिजको वास्तविक महत्वलाई संरक्षण गरेको छ ।

कार्यक्रमको औचित्यमाथि प्रकाश आयोजक संस्थाकी सल्लाहकार विन्दु श्रेष्ठ, स्वागत मन्तव्य सचिव संगीता कट्टेलले गरेकी थिइन ।
कार्यक्रमको सञ्चालन कृतिका सिवाकोटी र कृष्णमाया रिजालले गरेका थिए । कार्यक्रममा करिव १ हजार जनाको उपस्थिती रहेको आयोजकले जनाएको छ । 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर