Aamsanchar

१० हजार जनामा डेंगी संक्रमण, ज्यान गुमाउनेको संख्या सात पुग्यो

Author Image
मङ्गलवार, भदौ २८, २०७९

काठमाडौं – नेपालमा डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर डेंगी संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै ललितपुरमा तीन हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा दुई हजार ४१४, मकवानपुरमा ६६३ तथा रुपन्देहीमा ५७० जनामा संक्रमण देखिएको छ ।

भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा गरी आठ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा संक्रमित भेटिएका महाशाखाको तथ्यांक छ ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पातलगायत घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 1561

प्रतिक्रिया (०)