Aamsanchar

ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा

Author Image
बुधवार, भदौ २९, २०७९

ओखलढुंगा – ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो ।

जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । जसमा वार्षिक ८४ मेट्रिक टन फापर उत्पादन हुँदै आएको छ ।

औषधिय गुण भएको फापरको उत्पादन सीमित हुँदा जिल्लाका हाटबजारमा यसको माग उच्च छ । सहरी क्षेत्रमा फापरबाट रोटी, ढिँडोलगायतका परिकार खाने चलन बढेपनि यसको खेती गर्ने किसानको संख्या बढ्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर