Aamsanchar

थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, एक सय ३१ जना निको

Author Image
शनिवार, असोज १, २०७९

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी  ३ हजार ७ सय ४० जनाको नमूना परीक्षण गर्दा  ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप एक सय ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  नेपालमा कोरोना सङ्क्रमितको सख्या १ हजार ९ सय ६६ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)