Aamsanchar

नेपालमा डेंगीका १५ हजार ४०० भन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या १६ पुग्यो

Author Image
आइतवार, असोज २, २०७९

काठमाडौं – यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबार (सेप्टेम्बर १६)सम्म सो संख्यामा संक्रमित भएका हुन् ।

महाशाखाका अनुसार डेंगीका कारण यो वर्ष १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा चार हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, ललितपुरमा चार हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएको विज्ञहरू बताउँछन् । आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

डेंगी निको हुने विश्वासमा मेवाको पातलगायत घरेलु औषधिहरू सेवन नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूको सुझाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 593

प्रतिक्रिया (०)