Aamsanchar

डेंगु संक्रमित एक जनाको मृत्यु

Author Image
सोमवार, असोज ३, २०७९

पाल्पा : पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु  भएको छ। ​रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले बताए।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो। उनलाई डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो।

पाल्पामा अहिलेसम्म  १२१ जना डेंगु संक्रमित फेला परेको  गिरीले बताए।

Views: 160

प्रतिक्रिया (०)