Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बिहिवार, असोज ६, २०७९

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत कारोबार दिन बुधबारको तुलनामा आज सुन तथा चाँदी दुवैको मूल्य बढेर करोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोेबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ ।

मंगलबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर