Aamsanchar

नेपालमा व्यापार र रोजगारीको माध्यम बन्ने प्राईमसेवा

Author Image
बिहिवार, असोज ६, २०७९

बिर्तामोड । स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय पहिचान भन्ने नारा लिएर नेपालमा नेपाली एप प्राईमसेवा सञ्चालनमा आएको छ । रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चलनमा ल्याइएको उक्त एप  मोबाइलमा डाउनलोड गरेर आफ्नो उत्पादनलाई प्रवर्द्धन, बिक्री गर्न सजिलो र सरल हुने आज बिर्तामोडमा आयोजित प्रशिक्षण तथा पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

एक घर, एक युवा, एक उद्यमी बनाउने, स्वरोजगारको अवसर उपलब्ध प्राईम सेवाको प्रार्थमिकता रहेको प्रबन्धन निर्देशक राजन अधिकारीले बताए ।

सुरुवातीको छोटो समयमा ६४ किसिमका सेवाहरू उपलब्ध गराएको छ, उक्त एप २० हजार जनाले डाउनलोड गरिसकेको प्राईमसेवाका युवा वैज्ञानिक बसन्त कुमार शाहीले बताए ।

एपको प्रचारको क्रममा बिर्तामोड आइपुगेको प्राईम सेवाको टिम प्रदेश १ का मुख्य सहर हुँदै १३ स्थानमा कार्यक्रम गरिसकेको शाहीले आमसंचारलाई बताए ।

३२ जना विज्ञ प्राध्यापक डाक्टरहरू प्राइमसेवामा जोडिएको र काम गर्न उमेर होइन जोस जागर र क्षमता भएका हजारौँले यस सेवाबाट आभान्भित हुनसक्ने बताइएको छ ।

युजर एप, रिडर एप र वेबसाइट समेत रहेको प्राईमसेवा हाल नेपालमा १३ स्थानमा रहेको कार्यक्रममा बताइएको छ ।

एपमा बहुमुखी ६४ भन्दा बढी सेवा सुविधाहरू समावेश गरिएको, निशुल्क दर्ता/रजिस्टर, प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश/सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान साथै ७ प्रदेश बाट सेवा सुविधाहरू प्रदान हुने जस्ता सुविधाहरू रहेको छ । त्यसैगरी बिमा सुविधा पनि रहेको छ । जसमा १५ लाख सम्म दुर्घटना विमा, ५ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स ÷यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा रु १ लाख थप गरिदिने बिमा पोलेसी रहेको छ ।

प्राईममा कसरी आवद्ध हुने ?
शून्य रकम लगानी गरेर प्राईमसेवा आफ्नो क्षेत्रमा शाखा लिएर शाखाको कुल आम्दानीको १० प्रतिशतसम्म प्राप्त गर्न सकिने । युवाहरूलाई स्वदेशमै आफ्नै जन्मथलोमै उत्पादनशील, उद्यमी बन्न प्रोत्साहनका कार्यक्रमहरू तय गरिएको प्राईम सेवाको ब्रोसरमा उल्लेख गरिएको छ ।

प्राईमसेवाका प्रदेश १ संयोजक इन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा अर्जुन भट्टराईले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर