Aamsanchar

आम्दा मेचीको स्तोरन्नति गर्न त्रिपक्षिय छलफल, सेवालाई गुणस्तर भरपर्दाे बनाउनेमा जोड

Author Image
आइतवार, असोज ९, २०७९

धुलावारी । झापाको मेचीनगर—१० धुलावारीमा सञ्चालनमा रहेको आम्दा मेची अस्पतालको स्तोरन्नति गरी गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा आइतबार त्रिपक्षिय छलफल भएको छ । मेचीनगर नगरपालिका, आम्दा इन्टरनेश्नल र मेची उद्योग बाणिज्य संघका प्रमुख प्रतिनिधिहरुबीच छलफल भएको हो । छलफल आम्दा मेची अस्पतालको सेवालाई कसरी नियमित, चुस्त एवम् गुणस्तरीय बनाउने बिषयमा केन्द्रित थियो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाकक्षमा नगरप्रमुख बुढाथोकी तथा उपप्रमुख मीना पोखरेल उप्रेतीसहित आम्दा इन्टरनेश्नलका अध्यक्ष सिगेरु सुगानामी मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनालगायतको टोलीले आम्दा मेची अस्पतालका विषयमा विगत, वर्तमान र भविष्यको योजनालगायतका विषयमा छलफल भएको नगर उपप्रमुखको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा आम्दा अस्पतालका प्रशासक सुमनकुमार नेपालले आम्दा मेची अस्पतालको स्वास्थ्य सेवा विस्तारकालागि अत्याधुनिक प्रयोगशाला, अल्ट्रासाउण्ड ‐भिडियो एक्स—रे), सामान्य शल्यक्रिया ‐ओटी) को व्यवस्था, गर्भवती परीक्षण, ५० शैयाका लागि सम्बन्धित निकायसँग अनुमतीका लागि प्रस्ताव पेश गर्ने, अस्पतालमा एमडीजीपीको दरबन्दी थप गर्ने, नर्सिग तथा ल्याव टेक्निसियनका विद्यर्थीहरुलाई ओजेटीकालागि अस्पतालमा पठाउनेलगायतका सेवामा स्तोरन्नती गर्ने लगायतका प्रस्तावहरु आम्दाले निर्णय गरेको जानकारी गराउनुभयो ।

तात्कालिन मेचीनगर—३ का नरेन्द्र र पद्मा खनालको परिवारले करोडौ मुल्य पर्ने दुई बिघा पाँच कठ्ठा जमिन मेचीनगर नगरपालिकाको पहलमा आम्दा नेपाललाई निःशुल्करुपमा उपलब्ध गराएपछि जाइकाले ९८ लाख तथा मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर अस्पताल निर्माण गरेको थियो ।

सम्झौतामा आम्दा नेपालले अस्पतालको जनशक्ति र उपकरण व्यवस्थापनको जिम्मा, मेची उद्योग बाणिज्य संघ मेचीनगरले पाँच बर्षभित्रमा २० लाख रुपैयाँको अक्षयकोष खडा गर्ने र मेचीनगर नगरपालिकाले बार्षिकरुपमा साढे ६ लाख रुपैयाँ अस्पताल सञ्चालनका लागि दिने सहमती भएको बताइएको छ । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विगतदेखि नै आम्दा मेची अस्पतालको स्वास्थ्य सेवाप्रति सर्वसधराणले प्रश्न उठाइरहेको आम्दा इन्टरनेश्नल तथा आम्दा नेपालको टोलीलाई जानकारी गराउनुभयो । अस्पताल सञ्चालनमा शुरुमा आम्दासँग जति कुरा भयो त्यो पूर्णरुपमा कार्यान्वयन नभएको नगरप्रमुख बुढाथोकीको भनाई छ । उहाँले आम्दा इन्टरनेश्नलका अध्यक्ष सिगेरु सुगानामीसहित आम्दाको प्रतिनिधि मण्डललाई आम्दाको साईनबोड राखेरमात्र अस्पताल नचल्ने बताउनुभयो । आम्दा दमकको सेवा निक्कै राम्रो भए पनि मेचीबाट त्यस्तो सेवा नपाएको भन्दैं उहााले यहाँको सेवालाई पनि त्यस्तै भरपर्दाे र विश्वशनिय बनाउन प्रतिनिधि मण्डलसमक्ष ध्यानाकर्षण गराउनुभयो । उहाँले आम्दा मेची अस्पताललाई आर्थिक अवस्था न्यून भएका सर्वसाधारणहरुकालागि भरपर्दाे र विश्वशनिय उपचारकेन्द्रको थलोको रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले छलफलका क्रममा मेचीनगर नगरपालिकाकातर्फबाट आम्दा मेची अस्पताललाई स्थापनाकालदेखि नै साथ सहयोग पुर्याउँदैं आएको स्मरण गराउनुभयो । अस्पतालको सेवा विस्तारलाई दिगो र प्रभावकारी बनाउन, प्राविधिक जनशक्ति उत्पादन गर्न, स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन र स्वास्थ्य सेवाको विकाश एवम् बिस्तार गर्नका लागि सबैक्षेत्रबाट भरपर्र्दाे एवम् दरिलो भौतिक, आर्थिक, नैतिक, सामाजिक उत्तरदायित्व वहनका लागि उहाँले सवैक्षेत्रसँग आग्रह समेत गर्नुभयो । विभिन्न रोगहरुको पहिचान सहित प्रभावकारी उपचार सेवा प्रदान गर्नका साथै स्थानीय स्तरमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन थप जनशक्तिको आवश्यकता देखिएको, हाल अस्पतालले प्रवाह गर्दै आएको स्वास्थ्य सेवालाई विस्तार गर्नका लागि थप भवन लगायतको भौतिक संरचनाको निर्माण गर्नुपर्ने अवस्था रहेको उपप्रमुख उप्रेतीको भनाई थियो ।

आम्दा अस्पताल दमका डाक्टर नविन ढकालले विगत दशवर्षअघिदेखि नै आम्दा मेची अस्पतालको अवस्था दयनिय रहेको बताउनुभयो । उहाँले आम्दाले शुरुदेखि नै विभिन्न विशेषज्ञ डाक्टरहरुलाई पठाए पनि सुविधा सम्पन्न प्रयोगशाला, अल्ट्रासाउण्ड ‐भिडियो एक्स—रे), सामान्य शल्यक्रिया ‐ओटी) को व्यवस्था नभएका कारण डाक्टरहरु आउन छाडेको स्पष्ट पार्नुभयो । उहाँले सवैक्षेत्र लागेर श्रोतको व्यवस्थापन गरेर प्रयोगशाला, अल्ट्रासाउण्ड ‐भिडियो एक्स—रे), सामान्य शल्यक्रिया ‐ओटी) को व्यवस्था गर्न सके अस्पतालप्रति सर्वसाधारणको आर्कषण बढ्ने र अस्पतालको स्तोरन्नति नगर्ने हो भने अस्पतालले भरपर्दाे र सुविधाखाले सेवा दिन सक्दैन् ढिलो छिटो अस्पताल बन्द हुने उहाँले दाबी गर्नुभयो । अस्पताल परिसरमा स्थापना गरिएको अक्सिजन प्लान्टका बारेमा बोल्दैं डाक्टर ढकालले यसको प्रयोग नगर्ने हो भने यसको अर्थ नरहने बताउनुभयो ।

आइसियूको आवश्यकता भए पनि अस्पतालमा आइसियू सञ्चालनमा समस्या हुने तथा एचडीयू सञ्चालनमा जनशक्ति र प्रविधिबढी नचाहिने भएकाले एचडीयू सञ्चालनमा सवै सक्रियरुपम लागि परे सम्भव हुने डाक्टर ढकालको भनाई छ । आम्दाले प्राविधिक सहयोगमा कुनै कमि आउन नदिने उहाँको प्रतिवद्घता जनाउनुभयो । प्रयोगशाला, अल्ट्रासाउण्ड ‐भिडियो एक्स—रे), सामान्य शल्यक्रिया ‐ओटी) लगायतका सेवा विस्तार नगर्ने हो भने उपचारकालागि मानिस नआउने उहाँको भनाई थियो । यी सवै सुविधा भए आम्दाले सर्वसुलभरुपमा विश्वशनिय र भरपर्दाे सेवा दिन सक्ने डाक्टर ढकालको भनाई छ ।

आम्दा नेपालका अध्यक्ष डाक्टर अनिलकुमार दासले आम्दा इन्टरनेश्नल अध्यक्ष डाक्टर सिगेरु सुगानामी आम्दा अस्पतालको सेवालाई गुणस्तरीय भरपर्दाे र विश्वशनिय बनाउने तर्फ लाग्नुभएको जानकारी गराउनुभयो । हिजो जे भयो सवैं विर्सेर अस्पतालको स्तरबृद्घिमा लाग्न उहाँले जोड दिनुभयो ।

छलफलमा आम्दा नेपालका कोषाध्यक्ष डाक्टर संगीता बराल, आम्दा अस्पताल दमकका प्रशासक उमेशप्रसाद आचार्य, आम्दा मेची अस्पताल धुलावारीका प्रमुख डाक्टर पोषणरमण त्रिपाठी, आम्दा नेपालका डाक्टर यज्ञराज पाठक, अर्चना सुवेदी, मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष कल्याण खड्का, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, सदस्य उमेश सुवेदी कार्यकारी निर्देशक गोपालकुमार बस्नेतले आ आफ्नो विचार प्रस्तुत गर्नुभएको

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर