Aamsanchar

धाइजन बजारमा सरसफाइ

Author Image
मङ्गलवार, असोज ११, २०७९

धाइजन । सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस र नजिकिँदैं गरेको चाडपर्वको अवसर पारेर मंगलबार झापाको मेचीनगर— १४ स्थित धाइजन बजारको सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार ‘पर्यटनको लागि पुनर्विचार’ ‐‘रिथिङ्किङ टुरिज्म’) भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइँएको छ ।

स्थानीय रामनगर टोल विकास संस्था र धाइजन बजार व्यवस्थापन समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक व्यक्तिले आ आफ्नो घरआगन सफा राख्नुपर्ने बताउनुभयो । आफ्नो घरआगन सफा टोल गाउँ तथा समाज सफा हुने भन्दैं उहाँले क्रमस मुलुक सफा हुने स्पष्ट पार्नुभयो ।

पछिल्लो समय फोहोरमैला व्यवस्थापनमा प्लाष्टिक निक्कै चूनौती भएको भन्दैं उहाँले हरेक नगरवासीले अब उप्रान्त कुहिने र नकुहिने फोहोर अलग अलगरुपमा संकलन गर्नुपर्ने सुझाँव दिनुभयो । मेचीनगर नगरपालिकाले नगरलाई प्लाष्टिकमुक्त नगर बनाउने योजनाका काम गरिरहेको भन्दैं यो अभियानमा हरेक नगरवासीले साथ सहयोग र स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने उपप्रमुख उप्रेतीले बताउनुभयो ।

विश्वका विभिन्न शहरमा फोहोरलाई मोहोरमा रुपान्तरण गरेको उदारहण प्रस्तुत गदैं उहाँले अब फोहोर चिनेर मोहोर बनाउनेतर्फ लाग्न समेत सवैमा उहाँले सुझाव दिनुभयो । विश्व पर्यटन दिवसका बारेमा आफ्नो धारणा राख्दैं उपप्रमुख उप्रेतीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका स्थानीय सरकार लागि परेको बताउनुभयो ।

‘नगरपालिकाभित्रका धार्मिक एवम् पर्यटकीयक्षेत्रको प्रवद्र्घन र संरक्षणकालागि स्थानीय सरकार लागि परेको छ’ उपप्रमुख उप्रेतीले भन्नुभयो— ‘कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य पनि छ ।’

धाइजन बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम सावाँको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले चाडपर्वका नाममा विकृतिकिसंगति नभई कला, संस्कृति र रितीरिवाजलाई बचाई राख्ने गरी मनाउनुपर्नेमा जोड दिएका थिए । धाइजनक्षेत्रमा आपराधिक गतिविधिलाई कम गर्न प्रहरी बीट धाइजनमा २४ सै घण्टा प्रहरी प्रशासनको व्यवस्था गरिदिन स्थानीय सरकारसँग आग्रह गरेका थिए ।

सरसफाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर वडानम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, रामनगर टोल विकास संस्थाका उपाध्यक्ष टीका शिवाकोटी, लगायतले बोल्नुभएको थियो । प्रहरी चौकी चारआली, जनप्रतिनिधिहरु, पूर्वजनप्रतिनिधिहरु, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरुको सहभागिता थियो । पूर्व जनप्रतिनिधि तथा रामनगर टोल विकास संस्थाका अध्यक्ष सुरेश बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर