Aamsanchar

हृदय सम्बन्धी रोगबाट हरेक वर्ष करिब २ करोड मान्छेहरूको जीवन समाप्त

Author Image
बिहिवार, असोज १३, २०७९

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।

मुटु दिवसको नारा
वर्ष २०२२ मा विश्व मुटु दिवसको नारा चाहिँ Use Hearth For Every Heart रहेको छ । यसको अर्थ हरेक मुटुलाई मुटु देखि नै माया गरौँ भन्ने लाग्दछ । हृदय एक मात्र अङ्ग हो जुन तपाईँले सुन्न र महसुस गर्न सक्नुहुन्छ। यो जीवनको पहिलो र अन्तिम सङ्केत हो। हामी सबैलाई मानिसको रूपमा एकताबद्ध गर्न सक्ने क्षमता भएका केही चीजहरूमध्ये यो एउटा हो।

हृदय रोगको जोखिम
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ ।

दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्युलाई रोक्न सकिन्छ ।

मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पुर्‍याउन शक्तिलाई विकेन्द्रित गरौँ भन्ने आव्हान गरिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)