Aamsanchar

डेंगु संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

Author Image
बिहिवार, असोज १३, २०७९

चितवन : डेंगु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ४५९ चितवनका हुन्।

बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 340

प्रतिक्रिया (०)