Aamsanchar

यस बर्ष को दसैं घुमघाम को उपयुक्त गन्तव्य चेप्टि पार्क

Author Image
शनिवार, असोज १५, २०७९

शुक्रबारे । नेपालीहरुको माहान चाड बिजया दशमीले नेपालीहरुमा उमंग छाएको छ । देशभरी नै घर फर्कनेहरुको लर्को नै चलिरहेको छ । आफ्नो ठाउँ कस्तो भयो होला, परिवार संग घुम्न जाने योजना बुन्दै गृह जिल्ला फर्किदै गरेका प्रदेश १ का जिल्ला वासीहरुको लागि घुम्न र रमाउनको लागि उपयुक्त गन्तव्य इलाम माईनगरपालिकामा रहेको हेप्पी ड्रिम्स चेप्टी पार्क बनेको छ ।

नेपालमै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्रागन, लगायतका संरचनाहरुले त्याहाँ पुग्ने पर्यटकहरुलाई मोहित बनाई रहेकोे छ । जीपलाइन संचालनको अन्तिम चरणमा रहेको छ । आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको दिनेश शिवाकोटी बताउँ छन् ।

चेप्टी पार्क पूगनको लागि निजी सवारी साधहुने लाई निक्कै सहज रहेको छ । तर भाडाँ सार्वजनिक सवारी साधन प्रयोग गरेर चेप्टी जानु पर्नेहरुका लागि सबारी साधन बदलेर मात्र पुग्ने अबस्था रहेको थियो । तर त्यो अवस्था पनि अन्त्य भएको छ । चेप्टी पार्कको सहजीकरणमा झापाको सुरुंगा बिर्तामोड हुदै चेप्टी पार्क रुटमा बस संचालनमा आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर