Aamsanchar

डेंगी भएको हुन सक्छ, घाँटीमा घाउ भएको छ ?

Author Image
शनिवार, असोज २९, २०७९

काठमाडौं – डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगी संक्रमितहरुको घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्नेजस्ता लक्षण बढी देखिने उनको भनाइ छ ।

डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगीका रहेको जानकारी दिइन् । डेंगी, फ्लू र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरू एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी शतर्क रहन पनि सुझाव दिइन् । डेंगी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरिन् ।

डा. गौतमले यसवर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामी आइरहेको र अस्पतालहरूमा डेंगीका बिरामीको चाप बढेको बताइन् ।

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन् । उनले सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने बताइन् । भाइरल ज्वरोका बिरामीहरु पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन् ।

चिकित्सक डा. गौतमले फ्लूबाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)