Aamsanchar

मह खाँदा आँखालाई यस्ता फाइदा, खाने तरिका थाहा पाउनुहोस्

Author Image
सोमवार, असोज ३१, २०७९

महलाई औषधीय गुणको भण्डार मानिन्छ । यसमा ब्याक्टेरियल गुण हुन्छ । महलाई आँखा स्वस्थ राख्नका लागि फाइदाजनक मानिन्छ । महमा भिटामिन बी६, भिटामिन सी, एमिनो एसिड, कार्ब्स, रिबोफ्लेभिन र नियासिन प्रशस्त मात्रामा पाइन्छ । यस लेखमा हामी आँखाको लागि महको फाइदाहरू र यसको प्रयोग कसरी गर्ने भन्ने बारे जान्नेछौँ । यस विषयमा राम्रो जानकारीको लागि एक भारतीय सञ्चार माध्यमले लखनउको विकास नगरमा रहेको प्राञ्जल आयुर्वेदिक क्लिनिकका डा. मनिष सिंहसँग कुरा गरेको छ ।मह कसरी प्रयोग गर्ने ?हरेक बिहान ताजा अमलाको रसमा मह मिसाएर पिउनुहोस् । यसले आँखाको ज्योति बढाउन मद्दत गर्छ । राति सुत्नुअघि १ चम्चा अमलाको धूलो र मह पानीमा मिसाएर सेवन गर्न सक्नुहुन्छ ।

१. आँखाको कमजोरीबाट बच्न सकिन्छ

अत्यधिक दबाब वा स्वस्थ आहार नलिँदा आँखा कमजोर हुन्छ । आँखा कमजोर हुँदा मानिसको दृष्टि धमिलो हुन्छ । आँखा कमजोर हुनबाट जोगाउन चाहनुहुन्छ भने मह खानुहोस् । बिहान एक गिलास पानीमा १ चम्चा मह र त्रिफला धुलो मिसाएर पिउनुहोस् । यो उपायले आँखाको कमजोरीबाट बच्न सकिन्छ ।

२. आँखा मुनि चाउरीपनको उपचार

आँखा मुनिको चाउरी र कालो घेराको उपचार गर्न चाहनुहुन्छ भने मह प्रयोग गर्नुहोस् । महमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । कपासको मद्दतले आँखा मुनि मह लगाउनुहोस् । १५ मिनेटपछि सफा पानीले आँखा धुनुहोस् । आँखा वरपरको भागमा चिलाउने समस्या भएमा पनि महको प्रयोग लाभदायी हुन्छ ।

३. आँखा संक्रमणको उपचार

आँखाको संक्रमण भएमा मह खानु फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । मनतातो पानीमा मह मिसाएर सेवन गर्न सकिन्छ । यसबाहेक मनतातो पानीमा मह मिसाएर कपासको सहयोगले आँखामा लगाउन सकिन्छ ।

४. आँखाको थकान हटाउन मह

आँखामा थकान छ भने मह प्रयोग गर्न सकिन्छ । महलाई आइस क्यूबजस्तै फ्रिज गरेर राख्नुहोस् । चिसो रे जमेका क्युब्सलाई आँखाको वरिपरि एउटा पातलो कपडामा बेरेर रगड्नुहोस् । यसो गर्दा तपाईंको आँखाको थकान हटेर जान्छ ।

५. सुख्खा आँखाको उपचार

आँखामा सुख्खापन महसुस भएमा मह प्रयोग गर्न सकिन्छ । यदि आँखा रातो हुने, चिलाउने वा आँखा सुख्खा हुने समस्या छ भने मनतातो पानीमा मह र कागती मिसाएर दिनहुँ खानुहोस् । आँखाको मांसपेशीलाई स्वस्थ राख्न महलाई फाइदाजनक मानिन्छ ।

महको सेवनले आँखा र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यद्यपि, आँखा भित्र मह वा अन्य कुनै पनि सामग्री नराख्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर