Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
आइतवार, कार्तिक ६, २०७९

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ ।यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर