Aamsanchar

पहिले  बत्ती नबाल्नु भन्ने प्रधिकरणले यस वर्ष लक्ष्मीपूजाको दिन पनि भारतलाई बेच्यो बिजुली  

Author Image
मङ्गलवार, कार्तिक ८, २०७९

नेपाली बजारमा यथेष्ठ पुर्याएर लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरणले भारतलाई समेत बिजुली बेचेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन नेपालमा १३०५ मेगावाट बिजुली खपत भएको थियो । सोमबार प्राधिकरणले ३८० मेगावट बिजुली भारतीय बजारमा पठाएको हो ।

नेपाली बजारमा सबैभन्दा बढी माग ६ बजेर १० मिनेट जाँदा भएको प्राधिकरणले जनाएको छ । सोमबार २ सय मेगावट बिजुली स्पिल भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

भारतलाई यसअघि नै बेच्दै आइएको बिजुलीको निरन्तरतास्वरुप सोमबार पनि बिजुली बेचिएको हो ।

२०७३ साल लक्ष्मीपूजाको दिन नेपालमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो । त्यति बेला नेपाल विद्युत् प्राधिकरणको निर्देशक कुलमान घिसिङ बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर